चितवन– पृथ्वी राजमार्ग अन्तर्गत घोप्टेभिरमा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ। मङ्गलबार राति ११ः४५ बजे इच्छाकामना गाउँपालिका–४ मा खसेको पहिरो पन्छाएसँगै अहिले बिहान १०ः२० बजेबाट सञ्चालनमा आएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउने काम आज बिहानबाटै गरिएको थियो। ठूलो पहिरो खसेका कारण पन्छाउन समय लागेको प्रहरीले जनाएको छ। पहिरो पन्छाएसँगै रोकिएका सवारी गन्तव्य तर्फ लागेका छन्।
रासस