चितवन– इच्छाकामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ।
मङ्गलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करिब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए। आफुहरुलाई प्रहरीले खबर गरेसँगै मृत चितुवालाई डिभिजन वन कार्यालयलमा ल्याई व्यवस्थापन गरिएको बताए।
माउसँग बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको हुनसक्ने उहाँले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।
रासस