काठमाडौं– पछिल्ला केही दिनयता निरन्तर रुपमा घटिरहेको शेयर बजारमा व्यापक सुधार देखिएको छ। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७१ अंकले बढेको छ। परिसूचक ७१ दशमलव ७१ दशमलव ४३ अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ४२ अंकमा पुगेको छ।
राम्रा र बलिया कम्पनी सेन्सेटिभ इन्डेक्स पनि १३.०३ अंकले उकालो लागेर ५४८.२९ को उचाइमा पुगेको छ। कारोबार रकम पनि साढे ९ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ।
यो दिन जलविद्युत समूह सर्वाधिक ६.३७ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ५.१३ प्रतिशतले बढेको आज बैंकिङ समूहमा १.२५ प्रतिशत, व्यापार समूहमा १.२५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.२३ प्रतिशत, वित्त समूहमा ४.०८ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.२७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ४.५१ प्रतिशत, अन्य समूहमा ०.९७ प्रतिशत, लघुवित्त समूहमा २.०८ प्रतिशत, जीवन बीमा समूहमा १.८४ प्रतिशत र लगानी समूहमा २.३१ प्रतिशतको बढोत्तरी भएको छ।
आज म्युचुअल फन्ड समूहमा भने ०.२९ प्रतिशतको गिरावट आएको छ।