काठमाडौं– प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक ३० मिनेटका लागि स्थगित भएको छ। बुधबार राष्ट्रिय सभा बैठक बसेको राष्ट्रिय सभाको बैठकमा एमालेले अवरोध जनाउपछि बैठक स्थगित भएको हो।
बैठकको सुरुवातमा नै एमालेको राष्ट्रिय सभा संसदीय दलका नेता खिमलाल भट्टराईले उठेर आफ्नो कुरा राखेका थिए। नेता भट्टराईको कुरा राख्ने पाले सकिएसंगै एमाले सांसदहरुले उठेर नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका हुन्।
एमालेको नाराबाजीपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन्।