आफूले विश्वासको नपाउने देखेपछि बागमती प्रदेशसभाकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अधिवेशन अन्त्य गरेकी छन्।
यो आवधिमा मुख्यमन्त्री शाक्यले आफ्नो पक्षमा बहुमत जुटाउन कसरत गर्नेछिन्।
संविधानको धारा १८३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेबाट आठौं अधिवेशन अन्त्य गर्ने निर्णय भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।जेठ १६ गतेबाट सुरु भएको आठौं तथा बर्षे अधिवेशन मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले अन्त्य गरेको बताइएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो। आठौं अधिवेशनमा बागमती प्रदेश सभाको २३ वटा बैठक बसेको छ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनुपर्ने अवस्थामा एकाएक अधिवेशन अन्त्य गरिएको विषयलाई अर्थापूतना मानिएको छ।