लगातारको वर्षा र बाढीले पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ।
मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातो पहरामा माथिबाट पहिरा खस्दा आज बिहानदेखि बाटो अवरुद्ध भएको थियो।
अपराह्न पहिरा पन्छाएर सडक सञ्चालनमा आएको स्थानीयबासी पुरु घौरासैनीले जानकारी दिए।