पर्सा जिल्लाको वीरगञ्ज पथलैयामा अवस्थित सर्वोत्तम स्टीलको भट्टीमा विस्फोट हुँदा १२ जना भारतीय कामदार घाइते भएका छन्।
दिउँसो पौने १ बजे फलाम गलाउने भट्टी पड्किँदा फलामको तरल पदार्थ उछिटिएर कामदारको जिउमा छ्यापिँदा १२ कामदार घाइते भएका हुन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
घाइते सबैको गण्डकस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। वीरगंज–२२ मनियारीको जगरनमथपुर, वडा नं ३० लालपर्सा र वडा नं २८ बगहीको करिब डेढ विघा जग्गामा १ अर्बको लगानीमा सर्वोत्तम स्टील स्थापना भएको हो।