नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहीबार पनि जिल्ला सभापतिहरू र युवा नेताहरूले रिले अनसन जारी राखेका छन्।
क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्नुपर्ने, निर्वाच निर्देशिका संशोधन संशोधन गर्नुपर्ने लगायतका माग राखेर बुधबारदेखि जिल्ला सभापति र युवा नेताले सुरु गरेको रिले अनसनको आज दोस्रो दिन तनहुँ जिल्ला सभापति बैकुन्ठ न्यौपाने, सुर्खेत सभापति कमलराज रेग्मी र डोल्पा सभापति अगदकुमार बुढा रिले अनसनमा बसेका छन् भने उनीहरूलाई साथ दिँदै मनोजमणि आचार्य र प्रमोदहरि गुरागाईं पनि रिले अनसन बसेका छन्।
जिल्ला सभापतिहरूले उठाएका मागमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत उनी पक्षका नेताहरूले ऐक्यवद्धता जनाएका छन्। भदौ १८ मा वडा अधिवेशन गर्ने भने पनि अहिलेसम्म कांग्रेसले क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छैन।
कांग्रेसमा ९ लाख क्रियाशील सदस्य छन्।