जनगायक जुठबहादु खड्की ‘जेबी टुहुरे’ को निधन भएको हो। टुहुरेको ७८ वर्षको उमेरमा काठमाडौं बयोधा अस्पतालमा उपचारका क्रममा बिहीहार निधन भएको हो।
१ भदौमा कलंकीस्थित घरमा पक्षघात भएर उनी लडेका थिए। त्यसपछि उनलाई परिवारले तत्काल अस्पताल पुर्याएको थियो। अस्पताप पुर्याउँदासम्म उनको उनको मस्तिस्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको थियो।
उनी मुटु, फोक्सो, मदुमेह र उच्च रक्तचाप लगायतका दीर्घरोगका उनको उपचारका क्रममा बिहीबार निधन भएको हो।
कम्युनिष्ट विचारधारी उनी २०२४ सालदेखि गीत गाउन थालेका थिए। उनका ‘आमा दिदी बहीनी हो, कति बस्छौ दासी भएर’, ‘आँधी खोलैले’, ‘छोराहरु हो’ लगायतका गीतहरु निकै चर्चित छन्।