थरुहट–थारुवान राष्ट्रिय मोर्चाले विरोधसभा गरेको छ। टीकापुर थरुहट–थारुवान विद्रोहको ६ वर्ष पुगेको अवसरमा मोर्चाले मंगलबार बसन्तपुर डबलीमा विभन्न रचानत्मक कार्यक्रम गरी विरोध प्रर्दशन गरेको हो।
प्रदर्शनमा प्रदर्शनकारीहरुले ‘टीकापुर विद्रोह राजवन्दीहरु रिहाइ गर’, ‘माननीय रेशमलाल चौधरीलाई ससम्मान रिहाइ गर’, ‘लाल आयोग छानविन प्रतिवेदन सार्वजनिक गर’, ‘झुटा मुद्दा खारेज गर’ लगायतका नारा लगाएर र प्लेकार्ड बोकेर विरोध गरेका थिए।
सभामा विभिन्न वक्ताहरुले मन्तव्य, कविता, सांगीतिक प्रस्तुति र नाटक मार्फत विरोध जनाएका थिए।
प्रदर्शनमा बृहत नागरिक समाजको पनि साथ थियो।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एक नाबालकसहित ८ जनाको मृत्यु भएको थियो।
मोर्चा अहिले तेस्रो चरणको आन्दोलनमा छ। दोस्रो चरणको आन्दोलन गत वर्ष देशका विभिन्न ठाउँमा गरेको मोर्चाले आफ्नो तेस्रो चरणको आन्दोलन काठमाडौंको माइतीघरबाट सुरु गरेको छ।
मोर्चाले गत साता मंगलबारदेखि बिहीबारसम्म माइतीघर मण्डलामा तीन दिने विरोध प्रदर्शन गरेको थियो।
आजको प्रदर्शन त्यसैको निरन्तरता हो।
हेर्नुहोस् विरोधसभाका तस्वीरहरुः









