माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो प्रस्तावित पार्टी (एकीकृत समाजवादी) को ढोका खुला रहेको बताएका छन्। चन्द्रागिरिमा पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले यस्तो भनेका हुन्।
तर, त्यसका लागि ओलीले आफ्नो विचार तथा धारणा भने परिवर्तन गर्नुपर्ने नेपालको ठहर छ। ‘केपी ओलीले विचार र धारणा परिवर्तन गर्छन् भने उनलाई हाम्रो पार्टीको ढोका खुला छ,’ नेपालले भने।
ओलीले आफूलाई घर न घाटको बनाउने षडयन्त्र जारी नेपालले आरोप लगाए। ‘हामीलाई घर न घाटको बनाउने षडयन्त्र भइरहेको छ। मौका पाए समाप्त पारिदिने, सबै किसिमको आन्दोलनबाट हटाउने षडयन्त्र असफल पार्छौँ।’ ओलीलाई उनले चेतावनी दिए।
उनले ओलीमा सद्बुद्धि पलाओस् भन्ने कामना पनि गरेका छन्।