भारतको झारखण्डमा ४ हजार रुपौयाँका लागि छोराले आफ्नै बाबुको हत्या गरेका छन्।
बाबुको हत्या गरी भाग्न खोज्दा उनलाई गाउँलेहरुले पक्रिएर प्रहरीको जिम्मा लगाएका छन्।
बुधबार बिहान पैसाको विषयमा बाबुछोराबीच विवाद भएको थियो। विवादपछि आवेगमा आएका छोराले बाबुलाई कोदालोले प्रहार गरेका थिए। प्रत्यक्षदर्शीका अनुसार छोरा महादेव रक्सीको नशामा थिए।
प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।
एजेन्सी