भारतको उत्तरप्रदेशस्थित मुजफ्फरनगरमा तीजमा हिन्दु महिलालाई मुश्लिमको हातबाट मेहेन्दी लगाउन रोक्ने अभियान सञ्चालन गरिएको छ।
‘हिन्दु क्रान्ती सेना’ नामक अभियानले पसल–पसलमा गएर मुश्लिमलाई मेहेन्दी नलगाउन निर्देशन दिइरहेको छ।
उक्त अभियानका सदस्यहरुले मुश्लिमहरुलाई मेहेन्दी नलगाउन निर्देशन दिइरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
मुजफ्फरनगरमा समय समयमा हिन्दु र मुस्लिम धर्मावलम्बीबीच द्वन्द्व हुने गरेको छ। यस क्षेत्रमा सन् २०१३ मा भएको जातीय हिंसा भएको थियो, जसमा २८ जनाको मृत्यु भएको थियो। उक्त क्षेत्रमा सन् १९९२ मा हिंसमा पनि सयौँले ज्यान गुमाएका थिए।