सभामुख अग्निप्रसाद सापकोटाले सांसद मातृका यादवले बोलेका शब्द संसदको रेकर्डबाट हटाइएको छ। प्रतिनिधिसभाको आज बसेको बैठकको सुरुमै एमालेका सांसदहरुले यादवको भनाइप्रति आपत्ति जनाउँदै उक्त शब्द भनाइ संसदको रेकर्डबाट हटाउन सभामुखसामु आग्रह गरेपछि सभामुखले उक्त शब्द हटाउन रुलिङ गरेका थिए।
पुर्वमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हिजो अर्थात् बिहीबारको संसदको बैठकमा ‘मेन्टल्ली डिसअर्डर’ भनेका थिए।