८ दिनदेखि बेपत्ता उदयपुर त्रियुगा नगरपालिका–६ की १६ वर्षीया क्रिष्टिला चौधरीको शव घर नजिकै मोहनपुर जंगलमा फेला परेको।
उदयपुर जिल्ला प्रहरीले मक्किएको अवस्थामा शव फेला परेको जानकारी दिएको छ।
साउन १९ गते स्थानीयवासीले जंगलमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। शव फेला परेको एक साता भइसके पनि घटना सार्वजनिक गरिएको थिएन। प्रहरीले बालिकाको बलत्कारपछि हत्या भएको हुन सक्ने आंशका गरिएको छ।
प्रहरीले घटनामा संलग्न रहेको आंकामा तीन जनालाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ।