नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक साउन ३० गते बस्ने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने निर्णय गरेको छ।
साथै, साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन पेश गर्न केन्द्रीय समिति सदस्यहरुलाई निर्देशनसमेत दिएको छ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल भएको थियो ।