सरकारले चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिदका लागि सम्झौता अगाडि बढेको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढिसकेको जनाएका हुन्।
यस्तै कोभ्याक्स सुविधामार्फत चीनले अनुदालनमा उपलब्ध गराउने १६ लाख डोज खोप असोज मसान्त भित्र उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ। यस्तै भारतसँग खरिद सम्झौता भएको कोभिशिल्डको १० लाख डोज खोप पनि असोज मसान्तभित्र नै प्राप्त हुनेछ।
असोज मसान्तभित्रमा कुल १ करोड ८३ लाख ८२ हजार ८५० डोज खोप प्राप्त हुने विश्वास मन्त्रालय गरेको छ।
