मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १५ मा रहेको एशियाकै पहिलो सुरुङमार्गको पुनर्निर्माण थालिएको छ।
वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बिहीबार उक्त सुरुङ पुनर्निर्माण कार्यको शिलन्यास गरेका छन्। मुख्यमन्त्री पौडेलले १०४ वर्ष पुरानो यो सुरुङमार्गको संरक्षण र सम्वर्द्धन आवश्यक रहेकोले पुननिर्माण सुरु गरेको बताए।
आपूर्ति सहज गर्नका लागि १०४ वर्षअघि निर्माण गरिएको यो सुरुङ ६२ वर्षदेखि बन्द छ। आउँदो वैशाखमा पुनर्निर्माण गरि सक्ने लक्ष्य राखिएको छ। हेटौंडा र अमलेखगञ्जलाई जोड्ने यो सुरुङ विंस १९७४ सालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण भएको थियो।
यसको डिजाइन नेपालका पहिला इन्जिनियर ब्रिगेडियर कर्णेल डिल्लीजंग थापाले गरेका हुन्। र, यसको लम्बाई ५ सय मिटर छ।