राष्ट्रिय योजना आयोगका नवनियुत्त उपाध्यक्ष विश्व पौडेलले कोभिड–१९ र बाढी पहिरोको प्रभावका बारेमा ध्यान दिने बताएका छन्।
बिहीबार बिहान पदभार ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सो कुरा बताएका हुन्। ‘कोभिड र फ्ल्डको इम्प्याक्टको बारेमा हामीले हेर्नुपर्नेछ, त्यसपछि रेगुलर काम, ओभरअल प्लानिङको गुणस्तर बढाउने र अर्थलगायत अरु मन्त्रालयहरुलाई छुट ब्याक दिने काम र हामीलाई चाहिने अरु निकायहरुलाई बलियो बनाउने हाम्रो लक्ष्य छ। सरहरु र कर्मचारीबाट पनि यही अपेक्षा छ।’ पौडेलले भने।
अब नियमित कामका साथै सगम्र योजनाको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई छुट्ब्याक दिने र आफूलाई चाहिने निकायलाई बलियो लक्ष्य रहेको पौडेलले सुनाए।
उनले आफ्नो बाँकी कार्यकाल सरकारलाई उपयोगी हुने काम गर्ने प्रतिज्ञा पनि गरे।