सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री बनेका देउवा सामाजिक सञ्जालमा सक्रिय बनेका छन्।
अब भाइबरको आधिकारीक कम्युनिटी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामको जानकारी पाइने भएको छ। त्यसका लागि प्रधानमन्त्री देउवा भाइबरमा जोडिएका छन्।
भेरिफाइड (ब्लु चिन्ह भएको) कम्युनिटीमा मात्रै जोइन गर्न आग्रह गरिएको छ। प्रधानमन्त्री देउवा फेसबुक, ट्विटर, इन्स्टाग्रामसँगै अब भाइबरमा पनि आवद्ध भएका छन्।