आजका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ।
यसअघि मंगलबार बसेको बैठकले बुधबार ३ बजे पुनः बैठक बस्ने निर्णय गरेको थियो। माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङका अनुसार आवश्यक तयारी अपुग भएकोले आजको बैठक स्थगित गरिएको हो।
आजको बैठकमा माओवादीका तर्फबाट मन्त्री बन्नेहरुको नाम टुंगो लगाउने तय भएको बताइएको थियो ।