सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार लामो समयको तयारीपछि नेपाली श्रमिकहरु रोजगारीलागि इजरायल जान पाउने भएका छन्। वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो।
पहिलो चरणमा इजरायलले सुसारे (केयरगिभर) कामका लागि एक हजार नेपाली श्रमिकको आवेदन खुला गरेको छ। सूचनामा ३०० पुरुष र ७०० महिला कामदारले रोजगारीको अवसर पाउने जनाइएको छ।
सरकारले गतवर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५०० कामदार पठाउने समझदारी गरेको थियो।