लेखक तथा नागरिक समाजिक अभियन्ता खगेन्द्र संग्रौलाले एमालेका युवा नेता महेश बस्नेतले आफूलाई तह लगाउने धम्की दिएको बताएका छन्। लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत बस्नेतले आफूलाई साइबर सेना लाएर तह लगाउने धम्की दिएको जानकारी गराएका हुन्।
‘शाही निरंकुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ,’ संग्रौलाले ट्वीटरमा लेखेका छन्, ‘अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए। तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो? यो अति उदार र सहिष्णु ओली सरको आदेश बमोजिमको धम्की त होला। धन्य ओली सर!’
संग्रौलाले बस्नेतको धम्कीलाई एमाले अध्यक्ष केपी ओलीको आदेश हुनसक्ने आशंकासमेत गरेका छन्।
आफूलाई विगतमा संकटकालको बेला मण्डले र निरंकुशताका पक्षधर शाहीसेनाले परोक्ष धम्की दिने गरेको स्मरण गर्दै अहिले गणतन्त्रमा पनि त्यस्तो धम्की नरोकिएको बताएका छन्।