नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वरष्ठि नेता माधव कुमार नेपाललाई हरियो सर्पको संज्ञा दिएका छन्। अखिल नेपाल महिला संघको जारी पहिलो सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्दै ओलीले नेपाललाई यस्तो भनेका हुन्।
‘घाँसको मुठो पनि नछाड्ने र त्यहीँँभित्र लुकेर अनेक षड्यन्त्र गर्ने हरियो सर्पलाई सबैले चिनौँ। ओलीले कार्यकर्ताहरुलाई अहिलेको अवस्थाबाट नआत्तिन र विचलित नहुन आग्रह गरेका छन्। ‘केही बेर सूर्य छेकिएको छ, होतोत्साही नहुनुस्। एमालेको सूर्य कमजोर हुँदैन यसले आफ्नो सही विचार र मार्ग परित्याग गर्दैन।’ ओलीले बैठकमा भने।
ओलीले माधव नेपाललाई आफूले नभई पार्टीले कारबाही गर्ने पनि बताएका छन्। ओलीले केही दिनअघि माधव नेपालले महाराजधिराजबाट ‘माफी उवाच’ भएको भनी गरेको टिप्पणीमा जवाफ दिएका छन्। उनले भने, ‘माधव नेपाललाई माफी दिने म को हुँ? दिए पार्टीले दिन्छ’।
ओलीले नेपाललाई संविधानको रक्षा गर्ने भनेर माधव नेपाल पक्षले कम्युनिष्ट ढाल्न र दक्षिणपन्थी सरकार बनाएर नुनको सोझो गर्न सदन वहिष्कार गरेको आरोप लगाएका छन्। माधव पार्टी एकता भन्दै अहिलेसम्म पनि एमालेविरुद्धको गठबन्धन बैठकमा सहभागी भइरहेकोप्रति ओलीले आपत्ति जनाए।