बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी राप्ती–३ की सुजिता भण्डारी प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले मृतक सुजिताको ठूलोबुबाको छोरा दाजु नाता पर्ने सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। उनी नाताले दाजु पर्छन्। झापाको झापा गाउँपालिका– ६ शरणमतिका २३ वर्षीय सुकदेव र सुजिताबीच विवाह गर्नेसम्मको तयारी भएको खुलेको छ। शुकदेव भण्डारीलाई प्रहरीले काठमाडौंबाट पक्राउ परेको प्रहरीले जनाएको छ।
उनी आफ्नै ठुलबाबाको छोरा हुन्। उनीहरु विदेशमै पुगेर विहे गर्ने सोचमा समेत थिए। उनी हिजो पक्राउ परेका डिसएपी इन्द्रबहादुर रानाले बताए। असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि यी दुइमा विवाद सृजना भएको थियो। असार ११ गते वेवात्ता सुजिता २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन्।
सुकदेव विरुद्ध ज्यान सम्बन्धि कसुर अन्तर्गत ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ।
सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले ६ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी थिइन्। असार ११ गते साथीलाई तरकारी लिन आउँदैछु भनेर मोबाइलमा म्यासेज पठाएर घरबाट निस्केकी सुजिता १० दिनसम्म बेपत्ता भएकी थिइन्। त्यही दिन दिउँसो फोन गरेर आफू अपहरणमा परेको बताएको दिदी कविताले बताएकी थिइन्।
तर, सुजिता असार २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन्।