प्रतिरोध नामक समूहले व्यवस्था परिवर्तनका लागि बानेश्वर बिहीबार अर्थात् आज बानेश्वर मार्च गर्ने भएको छ। मार्च बिहीबार दिउँसो दुई बजे माइतीघर मण्डलाबाट सुरु हुनेछ। यो जानकारी प्रतिरोध समूह सदस्य तथा आजको विरोध सभा संयोजक मनोज खतिवडाले दिएका छन्।
संयोजक खतिवडाका अनुसार प्रतिरोध समूह दोस्रो लहरको कोरोना रोकथाम तथा व्यवस्थापनका लागि गरिएको लकडाउनताका राजनीतिक–आर्थिक रुपान्तरणका निम्ति निमार्ण गरिएको साझा समूह हो। ‘यो एक किसिमको नागरिक समाज हो, तर यसको दायरा नागरिक समाजकोभन्दा निकै फराकिलो छ।,’ प्रतिरोध समूहको उद्देश्यमाथि प्रकाश गर्दै खतिवडाले नेपाली पब्लिकसँग भने, ‘नागरिक समाजका केही सीमितता हुन्छन्। नागरिक समाजले विभिन्न आन्दोलनमार्फत प्रचलित व्यवस्थाभित्र सुधारको माग गर्छ। तर, हाम्रो समूहले भने व्यवस्था रुपान्तरणकै लागि आन्दोलन गर्छ।’
उनले थपे, ‘जात व्यवस्था, पितृसत्ता व्यवस्था, पहाडीया व्यवस्था, पुँजीवादी व्यवस्थालगायतका विभिन्न पीडक र दमनकारी व्यवस्था मिलेर राज्य व्यवस्था बनेको छ। हाम्रो आन्दोलन यी सबै खाले पीडक र दमनकारी व्यवस्थालाई संरक्षण गर्ने राज्य व्यवस्थाविरुद्ध हो।’
उनले यो आन्दोलन नागरिक र अनागरिक दुवैको आन्दोलनको भएको बताउँछन्। उनी भन्छन्, ‘खासगरी यो आन्दोलन अनागरिकहरुको आन्दोलन हो । यो राज्य व्यवस्थाले जसलाई नागरिक मान्न इन्कार गर्छ यो उनीहरुको आन्दोलन हो ।’
‘यस्तो व्यवस्था फाप्रतिरोध समूहको यो पहिलो कार्यक्रम हो।लौँ ! आउनुस्, आजै थालौँ !’ मुल नारा रहेको यो समूहले आज विभिन्न सिर्जनात्मक कार्यक्रम गरी प्रतिरोध सभा आयोजना गर्दै छ। सभामा अनिता माझी, निभा शाह, विनोदविक्रम केसी र राजु स्याङ्तानलगायतका कविले कविता वाचन गर्नेछन् भने गायक अन्जानबाबुको समूहले सांगीतिक प्रस्तुत दिनेछ। सभामा नाटक पनि मञ्चन हुनेछ। नाट्यकर्मी तथा थिएटर मलका संयोजक केदार श्रेष्ठको समूहले नाट्य प्रस्तुति दिनेछ।
उनले सम्पूर्ण न्यायप्रेमी मानिसहरुलाई आज दिउँसो दुई बजे माइतीघरमा उपस्थित भएर यो व्यवस्थाविरुद्ध आवाज उठाउन आह्वान गरेका छन्।
प्रतिरोध समूहको यो पहिलो कार्यक्रम हो।