नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी नेकपा एमालेको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु अनुपस्थित छन्
।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बेलुकाका लागि बोलाएको बैठकमा संसदमा पार्टीको भूमिकाबारे छलफल गर्ने कार्यक्रम छ। तर, बैठकमा नेपाल समूहका कोही पनि सांसदहरु उपस्थित छैनन्।
ओली सत्ताबाट बाहिरिएपछि पहिलो पटक सष्ंसदीय दलको बैठक बसेको हो। आइतबार पुनस्र्थापित प्रतिनिधिसभाको बैठक बोलाइएको छ।