निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छाडेर बालकोट गएका छन् ।
सोमबार सर्वोच्च अदालतले संसद् विटघन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामादेश जारी गरेको थियो । त्यसअनुसार देउवाले प्रधानमन्त्रीमा नियुक्त भएर कार्यभार सम्हालिसकेका छन् ।
देउवा प्रधानमन्त्रीको सरकारी निवास सर्ने तयारी गरेपछि बुधबार बिहान ओली आफ्नो निवास भक्तपुरको बालकोट गएका हुन् ।
उनलाई एमालेको भातृ संगठन युथ फोर्सले बालुवाटारदेखि बालकोटसम्म सडक कब्जा गरेर स्कर्टिङ गरिरहेकाे छ ।
जसकारण ओलीको सवारी हुने सडकमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ ।