चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट आएको छ ।
तर, पोष्टमार्टम रिपोर्टबाट मृत्युको कारण स्पष्ट हुन नसकेपछि भिसेरा परीक्षण गर्ने तयारी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवन स्रोतका अनुसार सुजिताको मृत्यु चोटपटकबाट भएको हैन ।
स्रोतका अनुसार भण्डारीको योनीको जाँच गर्दा जबरजस्ती करणीको कुनै संकेत देखिएको छैन । यसले अनुसन्धानलाई थप पेचिलो बनाएको छ ।
शव नजिकै विषको बट्टा पनि बरामद भएकाले भण्डारीले विष खाएर आत्महत्या गरेको वा नगरेको भिसेरा परीक्षणबाट पुष्टि हुनेछ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
उनको शव आइतबार पूर्वी चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो ।
असार ११ गतेबाट बेपत्ता भएकी सुजिता आइतबार चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी थिइन् ।