नेकपा एमालेको बैठकमा रुपा सुनारमाथि भएको जातिय विभेदमा बिवादीत बनेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरिएको छ।
जातीय विभेदलाई प्रश्रय दिने काम गरेको भन्दै केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठको राजीनामा मागेका हुन्। सञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो।
३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी प्रधानलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी साधनमा राखेर घर पुर्याएका थिए। मन्त्री श्रेष्ठको उक्त कार्यको चौतर्फि विरोध भइरहेको छ।