एजेन्सी– कोरोना भाइरस (कोभिड–१९) ले दिनहुँ आफ्नो स्वरुप परिवर्तन गर्दै गएको छ । सोहीअनुसार यसका लक्षणहरु समेत परिवर्तन भइरहेका छन् । पछिल्लो समय अमेरिकामा यसको अर्को एउटा नयाँ लक्षण पत्ता लागेको छ ।
भर्खरैको एक घटनाअनुसार ४८ घण्टासम्म लगातार बाडुल्की लागेका एक वृद्धलाई अस्पताल लगेर चेकजाँच गर्दा कोरोना पुष्टि भएको हो । अमेरिकाको जर्नल अफ इमरजेन्सी मेडिसिनमा प्रकाशित एक रिपोर्ट अनुसार ६२ वर्षीय एक वृद्धलाई बाडुल्की लागेको थियो । जब उनलाई अस्पताल लगेर चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
ती व्यक्तिलाई सुरुवातमा सिकागो शहरमा चेकजाँच गर्दा कुनै लक्षण देखिएको थिएन । तर, उनी विरामी परेपछि अर्को अस्पतालमा चेकजाँच गर्दा कोरोना देखिएको हो ।
-
ती वृद्धलाई फोक्सो सुन्निएका कारण बाडुल्की लागेको शिकागोका कुक कन्ट्रि हेल्थ डाक्टरले बताए । जसले गर्दा उनलाई इमरजेन्सीमा भर्ना गर्नुपरेको थियो ।
जर्नलका अनुसार ती वृद्धलाई कुनैपनि किसिमको ठूलो रोग थिएन् । सामान्य ज्वरो आइरहेको थियो भने लगातार बाडुल्की लागिरहेको थियो । त्यसअघि पनि उनी कुनै किसिमको गम्भीर रोगको सिकार भएका थिएनन् । तर, रिपोर्ट अचम्म लाग्दो आइदियो । रिपोर्टमा उनको फोक्सो पूर्ण रुपमा बिग्रिसकेको थियो ।
उनको फोक्सो सुन्निएको थियो । एउटा फोक्सोबाट रगत आएको थियो । जबकी उनलाई त्यससँग सम्बन्धित कुनै रोग थिएन । उक्त रोगीको लक्षण देखेपछि अमेरिकी विषेशज्ञहरुले लगातार ४८ घण्टा बाडुल्की लागेपछि डाक्टरसँग सम्पर्क गर्न सुझाव दिएका थिए ।
चिकित्सकका अनुसार कोरोना भाइरसका थुप्रै नयाँ लक्षणहरु मध्ये यो पनि एक लक्षण हो । यसमा सबैभन्दा मिल्दोजुल्दो ज्वरो आउनु, घाटीमा सुन्निनु, स्वास-प्रस्वासमा समस्या आउनु, गन्ध वा स्वाद बारे थाह नपाउनु आदि हुन् ।
ती वृद्धलाई फोक्सो सुन्निएका कारण बाडुल्की लागेको शिकागोका कुक कन्ट्रि हेल्थ डाक्टरले बताए । जसले गर्दा उनलाई इमरजेन्सीमा भर्ना गर्नुपरेको थियो ।
डाक्टरहरुले उनलाई उपचारको क्रममा एजीथ्रामाइसिन र हाइड्रोक्सी क्लोरोक्वीन दिएका थिए । उनलाई ३ दिनसम्म अस्पताल भर्ना गरेर डिस्चार्ज गरिएको हो ।
अमेरिकाको ठूलो सरकारी मेडिकल संस्थान सेन्टर्स फर डिसीज कन्ट्रोल एण्ड प्रिवेशन (सीडीसी)ले धेरै जाडो हुनु, जाडोसँगै काप्नु, मांसपेसी दुखिराख्नु, लगातार टाउको दुखिराख्नु, घाँटी दुख्नु, स्वाद र बासना थाह नहुनु र स्वासमा समस्या आउनु आदि कोरोना संक्रमणको लक्षण हुनसक्ने जानकारी दिएको छ ।