विराटनगर– श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उप–सचिव प्रेम सञ्जेलमाथि आफ्नै कार्यालयमा कुटपिट भएको छ । उनललाई आफ्नै अफिसका महिला कर्मचारीले हातपात गरेका हुन् । कार्यालयमा कार्यरत नेत्रकुमारी भट्टराई र मेनुका कोइरालाले ढोकाको चुकुल लगाई कुटपिट गरेका हुन् ।
कुटाइमा परेका सञ्जेलको अनुहारमा चोट लागेको छ । आफूमाथि कुटपिट भएपछि सञ्जेलले आफूमाथि हातपात गर्ने महिला बिरुद्ध प्रहरीमा उजुरी दर्ता गराएका छन् ।
कुटपिटमा संलग्न दुबै महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका महिलाले सञ्जेलको हेपाहा प्रवृति सहन नसकेर हात हालेको भनेका छन् । बयानका क्रममा उनीहरुले भनेका छन्– ‘सहन नसक्ने गरी अपशब्द बोलेर दुव्र्यवहार गर्ने, अनावश्यक काम लगाउने, विभिन्न वहानामा दुःख दिएपछि सहन सकेनौं ।’
उनीहरु त्यस कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत छन् ।