नेपालगञ्ज – बन्दाबन्दी सुरु भएयता नेपालगञ्ज नाका भएर २० दिनको अवधिमा भारतबाट ६४ करोड ६५ लाख ९५ हजार ९७८ रुपियाँको खाद्यान्न, तरकारी, औषधि र फलफूल आयात भएको छ।
यो तथ्याङ्क चैत ११ देखि ३० गतेसम्मको २० दिनको रहेकोे नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए।
उनका अनुसार सो अवधिमा २९ करोड पाँच लाख ७३ हजार ४६३ रुपियाँ मूल्य बराबरको ४९ लाख ४५ हजार २५ किलो चामल, चार करोड ४४ लाख छ हजार ४४३ रुपियाँको १३ लाख ४४ हजार १८५ किलो मकै तथा एक करोड ८९ लाख १६ हजार ६४३ रुपियाँको दुई लाख १४ हजार ६९७ किलो दाल नेपालगञ्ज नाका भएर भित्रिएको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ।