काठमाडौं – भारतीय समकक्षी नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गरेका छन्। उनले मोरङको बुधनगरमा बनेको नेपाल भारत एकीकृत जाँच भन्सार विन्दु (आईसीपी)को उद्घाटनपछि सम्बोधन गरेका हुन्। प्रधानमन्त्री ओलीले भने सम्बोधनका क्रममा यो दुई देशको सम्बन्ध अझ उचाइमा पुगेको जनाए।
भारतीय प्रधानमन्त्री मोदीले भने सुरुमा नेपालीमा सम्बोधन गर्दै भने, नमस्कार, कस्तो छ ?’
मोदीले नेपालको विकासमा भारत विश्वसनीय साझेदार भएकोे आगामी दिनमा पनि सहकार्य गर्ने बताए। मोदीले भने भूकम्पपछि गोरखा र नुवाकोटमा भारतीय सहयोगमा बनेको घरहरु देखेर आफूलाई खुसी लागेको बताए।
उनले सन् २०२० को दशक नेपाल र भारत सहकार्यको स्वर्णिम दशक हुनेसमेत जनाए। मोदीले ओलीलाई राम्रो स्वास्थ्य र सफलताका लागि शुभकामना दिएका छन्। नेपाल भ्रमणका लागि निम्तो दिएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘म यो वर्षको कार्यक्रमहरु बनाउँदैछु। पक्का तपाईंसँग केही समय बिताउँछु र नेपाली नागरिकको दर्शन पनि हुनेछ।’