काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमनत्रणा दिएका छन्। भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपयुक्त समयमा नेपाल भ्रमण गर्न मोदीलाई निमनत्रणा दिएका हुन्।
उनले भने यो भ्रमणका क्रममा दुई देशको सम्बन्धमा हासिल भएको उपलब्धिको समीक्षा गर्दै अझ अगाडि बढाउने अवसर जनाए।
प्रधानमन्त्री ओलीले दुई देशबीच थाती रहेका सबै विषय सम्वादबाट हल गर्नेमा जोड दिएका छन्।