काठमाडौं– महाधिवेशनको मिति तोक्ने गरी नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठक मङ्गलबार चितवनमा बस्ने भएकाे छ। बैठकले नवाैं महाधिवेशनको मिति र स्थान तोक्ने केन्द्रीय अध्यक्ष बद्री सिग्देलले जानकारी दिएका छन्।
यसअघि मङ्सिरमा महाधिवेशन हुने भनिएपनि प्राविधिक कारणले महाधिवेशन हुन सकेको थिएन। प्रेस युनियन नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि पत्रकारसँग सम्बद्ध विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर अघि बढ्ने विषयमा पनि बैठकमा छलफल गरिने अध्यक्ष सिग्देलले बताए।