काठमाडौं – आगामी बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको लागि आज रातिबाट मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोगका अनुसार, आज राति १२ बजे पछि दल तथा तिनका उम्मेदवारको मौन अवधि सुरु हुनेछ।
४८ घण्टा अघिदेखि निर्वाचन आचारसंहितामा निर्वाचनको प्रचार प्रसार गर्न नपाइने जनाइएकाे छ। आयोगका अनुसार, सञ्चारमाध्यमले पनि यो अवधिमा दल र तिनका उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्न पाइदैन। यही माघ ९ गते बिहीबारको दिन राष्ट्रियसभाको रिक्त हुन लागेका १८ सिटका लागि निर्वाचन हुनेछ।
७ वटै प्रदेशमा हुने निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतजायर गरेर राष्ट्रियसभाका भावी सदस्य छान्छन्।