काठमाडौं– राष्ट्रिय सभाकी सांसद बिमला राई पौडेलले आफ्नो जिम्मेवारी पुरा नगर्ने कर्मचारीलाई बर्खास्त गरेर सक्षमलाई करारमा भर्ना गर्न माग गरेकी छन्। उनले आज (आइतबार) राष्ट्रिय सभाको बसेको बैठकमा भनि संसद सचिवालयका कर्मचारीहरूको उदाहरण दिँदै यस्तो माग गरिएकी छिन्।
सांसद पौडेलले भनिन् ,‘अर्याएकाे, लगाएको जिम्मेवारी पुरा नगर्ने अदक्ष कर्मचारी फाल्न सकिने व्यवस्था गर्नुपर्छ’, उनले थपिन् ‘असाध्यै दक्ष र काम गर्न सक्ने युवाहरू अवसर नपाएर विदेशिएका छन्, बरु उनीहरूलाई नै करारमा राख्ने व्यवस्था गर्न सकिन्छ।’
बैठकमा सांसद पौडेलले संसद सचिवालयका कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्दा सम्बन्धित समितिका सांसदहरूको सुझाव लिनुपर्ने परम्परा बसाल्न समेत माग गरेकी छिन्। उनले संसद सचिवालयमा निश्पक्ष तथ्याङ्क उपलब्ध गराउने इकाइको खाँचो रहेको धारणा समेत राखेकी हुन्।