काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले यती होल्डिङ्सले दिएको भन्दा ५० करोड बढी आफूले तिर्ने भन्दै गोकर्ण रिसोर्टको जग्गा लिजमा आफूलाई दिन प्रस्ताव गरेका हुन्।
आइतबार (आज) राष्ट्रियसभाको बसेको बैठकको विशेष समयमा बोल्दै रायमाझीले भने, अहिले भाडामा लिएको कम्पनीले भन्दा आफूले ५० करोड रुपैयाँ बढी दिने जनाएका छन्। उनले भने, ‘सरकारका मन्त्रीज्युहरु उपस्थित हुनुहुन्छ, सम्माननीय अध्यक्षज्यू र माननीयज्यू सबैलाई साक्षी राखेर म भन्न चाहन्छु, त्यो रिसोर्ट जति पैसामा दिएको छ, त्यो भन्दा ५० करोड बढी म तिर्न तयार छु। सरकार दिन तयार छ मलाई ?’
उनले अघि भने, ‘छैन, किन दिँदैन भने त्यहाँ ५० करोडभन्दा बढीको अनियमितता भएको हो।
सरकारले ६ वर्ष बाँकी रहँदा नै नेपाल ट्रष्टको जग्गा गोकर्ण रिसोर्टलाई भाडा थप २५ वर्षका लागि लिजमा दिने तयार गरेको थियो।