तस्विर : अनलाइन खबर
काठमाडौं– प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गर्दै देशभरबाट विरोध पत्र पठाएको छ।
कांग्रेस जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र पठाएका छन्। काठमाडौंको माइतीघर मण्डलामा भेला भएर कांग्रेस नेता कार्यकर्ताले नारासहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए।
साे कदमलाई गम्भीर रुपमा लिएसँगै र विधेयक नसच्याए पुन आन्दोलनमा उत्रीने कांग्रेस सरकारले चेतावनी समेत दिएका छन्। सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा कसैलाई निरन्तर जिस्क्याए ५ वर्षसम्म जेल वा १५ लाखसम्म जरिमाना वा दुवै सजाय हुन सक्नेसम्म व्यवस्था गरिएको छ।
संसदीय समितिले पनि यही प्रावधानसहित विधेयक पास गरेर संसदमा पठाएको छ। विशेष सेवा विधेयक भने संसदमा दर्ता मात्र भएको छ, जसमा अदालतको अनुमति नलिइ फोन ट्यापिङ गर्नसक्ने लगायतका विवादास्पद प्रावधानसमेत गरिएका छन्।