दाङ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलिनिएम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा भएको बताएका हुन्। तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले एमसीसी अमेरिकाको हालसम्मकै ठूलो सहयोग भएको भन्दै त्यसलाई फिर्ता नगर्नेे बताए।
देउवाको भनइ एमसीसीपछि नेपालमा लगानी वृद्धि भइ आर्थिक विकासमा तीब्रता ल्याउने थिए। सभापति देउवाले एमसिसी पारित भए भोलि नेपालले भारतलाई विद्युत बेच्न पनि सजिलो हुन्छ बताएका हुन्।
फरक प्रसंगमा सभापति देउवाले आफूले काम चलाउनका लागि बुटवललाई पाँच नम्बर प्रदेशको अस्थायी राजधानी बुटवल तोकेको भएपनि सरकारले आवश्यक ठाउँमा सार्न सक्ने बताए।