चितवन– बालबालिकाको पढाइकाे गुणस्तर बढाउने अभिप्रायका साथ चितवन माविमा नेपाल विद्यार्थी संघका नेता अनमोल अधिकारीले अक्षयकोष स्थापना गरेका छन्। उनले आफ्नो बुबा दुर्गादत्त अधिकारीको सम्मानमा ५० हजार रुपैँया बराबरको कोष स्थापना गरेका हुन्।
अधिकारीले विद्यालयको ६६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारेर अक्षय कोषको स्थापना गरेका हुन्। सो अक्षय कोष मार्फत ५ जना बालबालिकाको शिक्षाका लागि टेवा पुग्ने बताइएको छ। अधिकारीले स्थापना गरेकोको कोषबाट ती विद्यार्थीलाई १० कक्षा सम्मका लागि पढ्न पुग्ने बताइएकाे छ।
कोष मार्फत आयुष चेपाङ, खुशी शाह, प्रितम दराई, रुपेश कुमार शाह, सोनिया मल्लीकको शैक्षिक गुणस्तर बढाउन मद्दत पुग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम लामिछानेले बताए।