काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि विधेयकविरुद्ध देशव्यापी रूपमा विरोधपत्र बुझाउँने भएकाे छ। जिल्ला प्रशासन कार्यालयमार्फत् आज सरकारलाई विरोधपत्र बुझाउने भएकाे हाे । कांग्रेस मुख्यसचिव कृष्ण पौडेलका अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् विधेयक सच्याउन माग गर्दै विरोधपत्र बुझाउन लागिएको बताए।
उनले भने कांग्रेसले संविधानविपरीतका गतिविधिविरुद्ध पनि विरोधपत्र बुझाउन लागेको छ। केन्द्रीय समिति बैठकले गत पुस २८ गते जिल्ला प्रशासन कार्यालयहरुमार्फत् सरकारलाई विरोध पत्र बुझाउने निर्णय गरेपनि पार्टीको आन्तरिक किचलोका कारण हुन सकेको थिएन।
केन्द्रीय समितिले निर्धारण गरेको कार्यक्रम हुन नसकेपछि शुक्रबार बसेको संसदीय दलको बैठकले आज ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो।