काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्य निरुपण आयोगमा आएर दिनुपर्ने जवाफ टुँडिखेलमा दिएको भन्दै पूर्वसभामुख दमननाथ ढुंगानाले टिप्पणी गरेका छन्।
माघ १ गते प्रचण्डले टुँडिखेलमा थारु समुदायले गरेको माघीको कार्यक्रममा आफूले १७ हजारको नभई ५ हजार मान्छे मारिएको मात्र जिम्मा लिने बताएका थिए। त्यसमा टिप्पणी गर्दै ढुंगानाले सत्य निरुपण आयोगमा १७ हजार मान्छे किन मारियो भनी प्रचण्डलाई सोध्दा दिने जवाफ टुँडिखेलमा नै दिएको बताएका हुन्।
सशस्त्र द्वन्द्वमा भएका गैरन्यायिक हत्यामा तत्कालिन युद्धरत पक्ष कानूनको दायरामा आउनैपर्ने ढुंगानाले बताए। उनका अनुसार कानूनको दायरामा आउनैपर्छ, राष्ट्रिय कानूनको दायरामा आउनुहुन्छ कि अन्तर्रा्ष्ट्रिय कानूनको भन्नेमात्र हो। ‘हाम्रो देशले बयान गराउन सकेन भने अन्तराष्ट्रिय अदालतले ल्याउँछ।
पहिले गठन गरेको सत्य निरुपण आयोग म्याद गुजारिएको र अर्को गठन नगर्नुको नियत ठीक नभएको भन्दै ढुंगानाले यद्धपीडितलाई गलाउन, धेरै समय लगाएर प्रमाण लोप गराउने प्रपञ्च हुन सक्ने आशंका गरे। ‘तर अन्तर्रा्ष्ट्रिय समुदायले मान्ने छैन’ उनले भने। राष्ट्रिय कानून छल्न खोजे पनि अन्तराष्ट्रिय कानूनको दायरामा आउनैपर्ने भन्दै उनले बरु राष्ट्रिय कानूनकै दायरामा आउन सुझाव समेत दिएका छन्।