काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले माघ १७ गते केन्द्रीय समिति बैठक बोलाएको छ।
राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले काठमाडौंमा हुने बैठकमा समसामयिक राजनीतिक परिस्थितको समीक्षा गर्ने बताएका छन्। त्यस्तै बैठकले जेठमा हुने केन्द्रीय महाधिवेशनको तयारीबारे छलफल गर्ने र पार्टीको भावी नीति तथा कार्यक्रम तय गर्ने बताइएकाे छ।
हरेक तीन महिनामा बस्ने केन्द्रीय समिति बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्।