काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारबाट कसले ज्यान मार्ने धम्की दिएको हो प्रष्ट पार्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता भीम रावललाई आग्रह गरेका छन्।
रावलले पछिल्लो समय आफूलाई बालुवाटारबाटै ज्यानमार्ने धम्की दिएको दाबी गरीएका छन्। बिहीबार मन्त्री बास्कोटालाई मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा यसबारे सोधिएको थियो ।
जवाफमा सञ्चारमन्त्री बाँस्कोटाले प्रतिप्रश्न गरे, ‘प्रधानमन्त्री कसैको ज्यान लिने हुनुहुन्छ र ?
उनले बालुवाटारबाट फरक विचार राखेकै कारण कसैलाई पनि ज्यान मार्ने धम्की दिन नमिल्ने भन्दै र कुन फोन नम्बरबाट धम्की दियो भन्ने प्रष्ट पार्न नेता रावललाई आग्रह गरे।
प्रधानमन्त्री नेकपाकै हुनुहुन्छ, उहाँ पनि नेकपाकै नेता हुनुहुन्छ, उनले भने, ‘उनलाई सरकारले सुरक्षा उपलब्ध गराएकै छ, पछुवापनि छ। त्यसैले उनको ज्यानमाथि सुरक्षा खतरा छ भन्ने लाग्दैन।
सञ्चारमन्त्री बाँस्कोटाले भने प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई सिध्याउन तरबार वा खल्तीमा गोलीको माला लिएर हिड्नुहुन्छ भनेर सोच्नु गलत हुने बताएका हो।