काठमाडौं –कमजोर संरचनाकै कारण प्राकृति प्रकोपबाट ठूलो क्षति हुने गरेको भन्दै गृहमन्त्री रामबहादुर थापाले बलियो संरचनाका लागि सरकारले कानून निर्माण गर्ने बताएका छन्। २२औं भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको भूगोल पार्कमा आयोजित भूकम्प स्मृति सभामा बोल्दै मन्त्री थापाले विपद्बाट जोगिन नागरिकस्तरमा सचेतना फैलाउनु पर्नेमा जोड दिए।
साथै थापाले भूकम्पलगायत प्राकृतिक प्रकोपको क्षति कम गर्न मजबुद पूर्वाधार निर्माण गर्नु पर्ने बताएका छन्। नागरिकलाई जागरुक गराइ आफ्नो सुरक्षा आफैं गर्न सक्ने अवस्थामा र्पुयाउनु पर्ने भन्दै मन्त्री थापाले त्यसका लागि सरकारले सचेतना अभियान चलाउने बताए।