काठमाडौं– कोरम नपुगका कारण राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिकाे बैठक स्थगित भएकाे छ। सभापतिसहित १४ जना सदस्य भएको समितिको बैठकमा सभापतिसहित ५ जना मात्र सांसद उपस्थित थिए।
बैठकमा भट्टसहित दिनानाथ शर्मा, कालीबहादुर मल्ल, खीमबहादुर बिक लगायतका सांसद उपस्थित थिए। बैठकमा भौतिक पूर्वाधार तथा यातायत मन्त्री वसन्त नेम्वाङलाई छलफलका लागि बोलाइएको थियो। छलफलका लागि मन्त्रीसहित मन्त्रालयका सचिव तथा सहसचिवको टोली निर्धा्रित समयमा नै समितिको कक्षमा पुगेका थिए।
तर, बैठकमा समितिका सदस्य सांसदहरु नै उपस्थित नभएपछि मन्त्रीको टोली त्यतिकै फर्कनु परेको हो। सांसदहरुले संसद सचिवालयले बैठकबारे सांसदहरुलाई समयमा नै जानकारी नगराएका कारण यस्तो अवस्था आएको गुनासो गरे।