काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकारले राष्ट्रपतिलाई शक्तिशाली बनाउने गरी संविधान संशोधनको तयारी गरिरहेको बताएका छन्।
उनले सरकारले राष्ट्रपति कार्यकारी अधिकार रहने गरी संविधान संसोधनको तयारी गरिरहेको भन्दै अहिले संविधान संशोधन आवश्यक नभएको स्पष्ट पारे।
साथै समसामयिक घटनाक्रम र राष्ट्रिय राजनीतिबारे बिभिन्न क्षेत्रका बुद्धिजीवीहरुसँगकोे छलफलमा नेता पौडेलले सरकारले संविधनमा भएका लोकतान्त्रिक मूल्यमान्यता समाप्त पार्न लागेको आरोप लगाए।
उनले सत्तारुढ नेकपाभित्र सभामुखको विषय संविधान संशोधन गर्ने कि नगर्ने भन्नेमा जोडिएको बताए। छलफलमा नेताहरु प्रकाशमान सिंह डा. रामशरण महत सहभागि थिए।