काठमाडाैं– राष्ट्रिय प्रजातन्त्र पार्टीले मध्यपूर्वमा हाल विकसित घटनाक्रमलाई दृष्टिगत गर्दै त्यहाँ रहेका नेपालीको हित र सुरक्षाबारे अहिलेदेखि नै उपयुक्त व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
राप्रपा अध्यक्ष एवं पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले पछिल्लो अन्तरराष्ट्रिय विश्व राजनीतिक घटनाक्रमको समीक्षा र विश्लेषण तथा विभागको भावी कार्यक्रमको खाकाका विषयमा छलफल गरी सो निर्णय गरेको पार्टी अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्य सचिव प्रा. डा. गीताभक्त जोशीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। रासस